कोरोना संक्रमित वालिङका चारजना निको भई घर फिर्ता
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २०:४४:१६
१ असार,स्याङ्जा । स्याङ्जामा पहिलो चरणका कोरोना संक्रमित चारजना निको भई घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आईसोलेसन र कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा उपचाररत चारजना निको भई घर फिर्ता भएका हुन् ।
घर फिर्ता हुनेहरुमा वालिङ नगरपालिका वडा नं. ७ र १३ का नागरिक हुन् । वालिङ ७ का २० र २९ वर्षीय पुरुष र वडा नं. १३ की ३९ वर्षीया महिला तथा २६ वर्षीय पुरुष निको भई घर फर्केका हुन् । वालिङ नगरपालिकाले जिल्ला अस्पताल तथा कालिका सामुदायिक अस्पतालको आईसोलेसनबाट निको भएका नागरिकहरुलाई वालिङमा ल्याएर पूष्पगुच्छासहित विदाई गरेको हो ।
निको भएर आएका नागरिकहरुलाई विदाई गर्दै नगर प्रमुख दीलिपप्रताप खाँण एवं उपप्रमुख कल्पना तिवारीले उच्च मनोबल, धैर्यता र आत्मबलका कारणले कोरोनामाथि सहज बिजय हासिल गर्न सफल भएकोमा बधाई दिदै अझै केही दिन होम क्वारेन्टाइनमा बस्न सुझाव दिए ।
वालिङ नगरपालिकाका २९ जना कोरोना संक्रमितमध्ये हालसम्म पाँचजना निको भई घर फिर्ता भएका छन् भने एकजना बृद्धको उपचारका क्रममा पोखरामा निधन भएको थियो । वालिङका २३ जना पुरुषहरु आईसोलेसनमा उपचाररत छन् ।स्याङ्जा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि गल्याङ नगरपालिकाका दुई र वालिङ नगरपालिकाका एक जाना गरी हालसम्म सात जना निको भएर घर फिर्ता भएका छन् ।
एघार स्थानीय तह रहेको स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइनहरुमा आठ सय ८१ जना रहेका छन् । हालसम्म स्याङ्जामा नौ सय ५५ जनाको स्वाब परीक्षण गरिएको छ भने एक हजार चारसय ७४ जनाको आरडीटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार