मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
असार १, २०७७ मंगलबार १:५६:२
१ असार, डोटी । जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उनका १३ वर्षीय छोरा धीरज पुनमगरको मृत्यु भएको हो ।
मृतक बुबा, छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ । घागलबाट धनगढी जाँदै गरेको सो मिनिट्रक आज साँझ सुनालेक नजिक दुर्घटना भएको हो ।
पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने तथा ट्रक सडकबाट कम्तीमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार