सोती घटना प्रकरण : प्रहरीको घेराभित्र चिकित्सक
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १८:१४:१५
३ असार, जाजरकोट । जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।
काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकलाई आक्रमण गर्ने उद्देश्यले गएको जुलुस र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालय अगाडि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा क्षति भएको थियो । पानीमा डुबेको शव परीक्षण रिपोर्ट तयार पारेको आरोप लगाउँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुँदै आएको छ ।
दैनिक नारा, जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीमा त्रास बढेको तीन दिनदेखि बिरामीको उपचारका खटिएका भेरी नगरपालिका–१ का कालीबहादुर रानाले बताए । स्वास्थ्य सेवा कार्यालयमा शव परीक्षणका लागि ल्याएको शवको समेत निर्धारित समयमा परीक्षण गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताए ।
“काम गर्ने वातावरण नै छैन, कसरी काम गर्ने ?”, उनले भने । चार एक्सरे गर्ने मुद्दा आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरे मेसिनमा समस्या आएपछि रुकुमपश्चिमको चौरजहारीमा पठाएको डा पुनले बताए । नलगाड नगरपालिकाको रघुनाथमासमेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका लागि ल्याइएको स्वाब सदरमुकाम ल्याउने कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
दैनिक हुने आन्दोलनका कारण संसदीय छानविन समितिको अनुसन्धानमा समेत बाधा पुगेको छ । प्रमाण सङ्कलनमा ध्यान दिनुभन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षति पु¥याउनेतर्फ अधिकांशको ध्यान गएको सुरक्षा अधिकारीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
जेठ ३, २०८१ बिहिबार
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री
जेठ ३, २०८१ बिहिबार
बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत
जेठ ३, २०८१ बिहिबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजस्व
जेठ ३, २०८१ बिहिबार