आज कतारकाे सहयाेगमा २० जना नेपालीको शव ल्याइँदै
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १४:५४:२८
५ असार, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार कतारबाट आउँदै छ। ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छ। कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने छ ।
उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याउन लागिएको सम्भवत यो पहिलोपटक हो। वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव आउँदै छ।
यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार ल्याउँदै छ।
वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौंमा जिम्मा लिन र बाँकीलाई उनिहरुका जिल्लामा पुर्याइने बताए।
अन्य देशबाट चार शव आउँदै
शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याउँदै छ। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव ल्याउँदैछन्। कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ। युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ।
यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारी र लकडाउनपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार