नेपाली सेनाको कल्याणकारी बाेर्डमा सीईओको भर्ना खुल्यो
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १६:१३:१०
५ असार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।
कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सुचनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ ।
इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ ।
सुन्दरीजल मिनिरल वाटर प्लाण्ट, सुन्दरी जलका लागि अवकाश प्राप्त महासेनानी वा प्रमुख सेनानी माग गरिएको छ । रिपुमर्दिनी पेट्रोल पम्प, बुटवलका लागि प्रबन्धक अवकाश प्राप्त महासनानी वा प्रमुख सेनानी, रिपुमर्दिनी पेट्रोल पम्प, खैरेनीटारका लागि अवकाश प्राप्त प्रमुख सेनानी माग गरिएको छ ।
सबै कर्मचारी करारमा एक वर्षका लागि माग गरिएको हो । यससम्बन्धी विस्तृत विवरण सेनाको वेवसाइटमा पनि राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
घरघरमा खानेपानीको धारा पुर्याउन सोलार लिफ्टिङ
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सेती नदीको किनारमा बनाइएको सडक
जेठ ३, २०८१ बिहिबार
बिक्रीका लागि राखिएको उखु
जेठ ३, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
ओली र प्रचण्डपछि सभामुखले थाले सचेतकसँग छलफल, संसद ढिला सुरु हुने
जेठ ३, २०८१ बिहिबार