अवैध काठसहित पक्राउ एक जना पक्राउ
नेपालबहस संवाददाता
असार ५, २०७७ शनिबार ०:५८:२८
५ असार, लहान । प्रहरीको टोलीले अवैध साल जातको चिरान काठसहित सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बन्दीपुरका रामवृक्ष महतोको घरबाट अवैध काठसहित काठ उद्योग सञ्चालन गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ निवासी २४ वर्षीय रोशनकुमार महतोलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महतोको घरमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ६५.१७ क्यूबिकफिट सालको काठसहित उपकरण बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
महतोको घरको कोठामा लुकाइ राखेको अवस्थामा ९० थान सालको चिरान, झ्यालको तयारी फ्रेम ३०३ थान बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। सोही क्रममा दुई थान मोटर, तीन थान रन्दा, प्वालपार्ने ग्रेन्डर दुई थान, आरा एक थान र आठ इन्च बेन्च ग्रिन्डर एक थानसहित नौ थानलगायतका उपकरणसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका काठसहित कामदारलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार