घरभाडामा ५० प्रतिशत छुट दिन ठमेलका व्यवसायीको माग
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार २:२:३३
८ असार, काठमाडौं । काेरोना भाइरस महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् । बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन् ।
आइतबार ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा परिषद्द्वारा गठित काेराेना पर्यटन व्यवसायी विपद् समन्वय समितिका संयोजक तथा परिषद्का उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफलले घर भाडाको ५० प्रतिशत छुट दिन र कोभिड महामारी अवधिभर घर भाडा नबढाउन आग्रह गरिएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
बन्दाबन्दी शुरु भएदेखि कम्तीमा एक वर्षसम्म ठमेललगायतका पर्यटकीय क्षेत्रका घर धनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी छुट दिन घर धनीलाई सार्वजनिक आह्वान गरिएको संयोजक शर्माले बताए । ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छन् ।
त्यस्तै इन्टरनेटका हकमा सोही मुताविक अनुरोध गरिएको छ । कोभिड महामारीबाट धरासायी बनेको पर्यटन र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिने ठमेललगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीलाई जोगाउन घरधनी, व्यवसायी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण गराउने संयुक्त संस्थामा परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ‘टान’, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’, नेपाल पर्वतारोहण सङ्घ र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एशोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल र कैलाश यात्रा सङ्घ रहेका छन् । बन्दाबन्दीले अहिले ठमेल क्षेत्र सुनसान जस्तै छ । कतिपय व्यवसायीको सटर बन्द छन् । संयोजक शर्माका अनुसार ठमेल क्षेत्रमा २०० घरधनी र १० हजार व्यवसायी रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार