विद्युतीय सवारी साधनमा लगाइएको कर हटाउन माग
नेपालबहस संवाददाता
असार ८, २०७७ मंगलबार २:३०:५
८ असार, काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ । आज आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको भन्दै गुनासो गरेका हुन् ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युत्मय भइरहेका अवस्थामा नेपाल भने त्यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गरे ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ ‘ईपान’ का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाइ लगानी विद्युत् उत्पादनमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौँ नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गरे। सामाजिक अभियानकर्मी लोकेश वलीले बिजुली गाडीले गर्दा देश समृद्ध हुने विश्वास गरे।
नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनतालाई सस्तोमा गाडी चढ्न पाउने अवसर भएकामा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताए । नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका सचिव सरोज थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्रात्साहन गर्न सकिएको भए धेरै राम्रो हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार