जनतालाई कोरोनाको त्रास, शीतल निवासमा राष्ट्रपतिको रात्रीभोज
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १७:४३:५७
१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक संकट गहिरिंदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियाता देखाएकी छन् । जनता कोरोना माहामारीको त्रासमा परेका बेला राष्ट्रपति भण्डारीले भने रात्रीभोजको आयोजना गरेकी हुन । कारण स्पष्ट नखुलेपनि बुधबार बेलुकी ५ बजे शीतलनिवासमा रात्रीभोजको आयोजना गरिएको नेकपाका एक नेताले बताएका छन ।
आजै नेकपाको स्थायी कमिटि बैठक बोलाइएका बेला राष्ट्रपतिको रात्रीभोजलाई महत्वका साथ हेरिएको छ । रात्रीभोजमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाई बोलाइएको छ ।
आजको स्थायी कमिटि बैठकले एमसीसीका विषयमा बहस शुरु गर्नुका साथै नेकपाभित्रको लामो समयदेखिको असन्तुष्टि सम्बोधन गर्नेछ । सत्तारुढ नेकपाभित्रको असन्तुष्टि केही मत्थर भएका बेला ओलीले स्थायी कमिटिबाट आफू अनुकुल निर्णय गराउने योजना बनाएका छन । त्यसका लागि राष्ट्रपति भण्डारीले रात्रीभोज दिएर बैठक केही सहज पार्ने प्रयास गरिएको हुन सक्ने नेकपाका असन्तुष्ट नेताहरुको टिप्पणी छ । सत्तारुढ नेकपा भित्र शक्ति संघर्ष चर्किरहेको बेला राष्ट्रपतिले लिएको अग्रसरतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
आमन्त्रण गरिएका नेताहरुलाई बैठकको अजेण्डाबारे केही बताइएको छैन । तर स्रोतका अनुसार, समसामयिक विषयमा सरकारलाई सहयोग पुग्ने हिसावले बैठक बोलाइएको हो । खासगरी, अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनमा सत्ताधारी दल भित्र चुलिएको मतान्तरलाई राष्ट्रिय अजेण्डा बनाउन नै राष्ट्रपतिमार्फत केपी ओलीले खेल खेलेको स्रोतको दावी छ ।
साथै, नेपालले जारी गरको नयाँ नक्शा र नागरिकता विधेयकबारे पनि छलफल गर्न लागिएको बुझिएको छ । नेकपा स्थायी कमिटी बैठक आजै सुरु भएको अवस्थामा राष्ट्रपतिले आह्वान गरेको बैठकले सरकारलाई राहत दिने विश्वास लिइएको छ । बैठकमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायत पूर्व प्रधानमन्त्रीहरुलाई समेत आमन्त्रण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार