दिव्या सिंहलाई हटाएर वरिष्ठताका आधारमा आईओएमको डीन नियुक्त गर्न नेविसंघको माग
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १८:४:४९
१० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेको छ । नेविसंघले बुधबार एक प्रेस विज्ञप्ती निकालेर वरिष्ठताका आधारमा आईओएममा डीन नियुक्त गर्न माग गरेको हो । सरकारले आईओएममा प्रधानमन्त्री ओलीका चिकित्सक दिव्यासिंह शाहलाई नियुक्त गरिसकेको छ ।
दिव्या कनिष्ठ रहेको र आईओएमको शाख जोगाउन वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने डा. गोविन्द केसीको मर्मलाई समेत आत्मसात गर्न नेविसंघले माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आफ्नो ज्यान हत्केलामा राखेर आईओएमको शाख जोगाएका डा.केसीको त्याग र योगदानलाई सम्मान गर्न पनि सरकारलाई भनेका छन् ।
साथै नेविसंघले पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न, त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डा बन्द गर्न, पूर्वाञ्चल विश्वविद्यालयमा मौका परीक्षाको व्यवस्था गर्न, कुनै पनि विद्यालय तथा विश्वविद्यालयमा शुल्क नउठाउन नेविसंघले माग गरेको छ ।
पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा ९ महिनादेखि रिक्त पदाधिकारी नियुक्तीका लागि विद्यार्थीले दिएको दबाबलाई सम्बोधन गर्न नेविसंघको माग छ । साथै नेविसंघले राजनीतिक आस्थाका आधारमा त्रिवि लगायतका विश्वविद्यालयमा गरिएको नियुक्ती सच्याउन पनि माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, धमाधम फाइल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार