नेकपाको स्थायी कमिटी बैठकमा एमसीसी चौथो अजेण्डा !
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १८:२२:३
असार १०, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । लामो समयपछि बसेको बैठकमा पार्टी एकता, सीमा विवाद, आन्तरिक राजनीतिक समीक्षा र एमसीसीका विषयमा छलफल हुदैछ ।
सत्तारुढ नेकपाको बहुुप्रतिक्षित एवं चर्चित स्थायी कमिटी बैठकमा पाँचवटा अजेण्डा तय गरिएको छ । पटक पटक छलफल हुँदासमेत तय हुुन नसकेको अजेण्डाबारे आज बैठक सुरु हुनुु अगाडि दुुई अध्यक्षबीच पाँचवटा अजेण्डामा छलफल चलाउने सहमति भएको हो । पहिलो अजेण्डा बनाइएको विषय छ– समसामयिक विषयमा अध्यक्षद्वयले मन्तब्य राख्ने । अर्थात बैठक सुुरु हुुनासाथ प्रधानमन्त्री केपी ओलीले मन्तव्य राख्ने । त्यसपछि अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले पनि समसामयिक विषयमा विषय प्रवेश गराइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा सार्वजनिक गरेको एजेन्डा अनुसार एमसीसी छलफलको चौथो विषय बनाइएको छ । पहिलो एजेन्डाका रुपमा वर्तमान परिस्थिती र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्धयको मन्तव्य राखिएको छ ।
दोस्रो अजेण्डाका रुपमा सरकारको कार्यशैलीबारे छलफल चलाइने छ । यसका लागि स्थायी कमिटी सदस्यहरुलाई १५ मिनेटको समय दिइने सहमति बनेको स्रोतले बताएको छ । यो अजेण्डामा धेरै सदस्यले आफ्नो धारणा राख्ने अनुमान गरिएकाले १५ मिनेटको समय निर्धारण गरिएको बुुझिएको छ । ओली सरकार एकलौटी हिंडेको, पार्टीलाई बाइपास गरेको, भ्रष्टाचारलाई बढावा दिएको जस्ता मुुद्धाले बढी समय लिने अनुमान गरिएको छ ।
यसैगरी तेस्रो अजेण्डामा पार्टी एकीकरणको बाँकी काम अलपत्र परेको विषय तय भएको छ । आजको बैठकमा बहुुचर्चित अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीलाई भने चौथो अजेण्डा बनाइएको छ । धेरैले यो अजेण्डा पहिलो बन्ने अनुमान गरेका थिए । तर यसलाई जानाजान चौथो अजेण्डा बनाइएको स्रोतको भनाई छ ।
माथिल्ला तीन अजेण्डामा नेताहरुले असन्तुुष्टी व्यक्त गरिसक्दा धेरै उर्जा खेर गइसक्ने र एमसीसीमा खासै विवाद नहुुने अनुमानका साथ रणनीतिक रुपमै यस्तो निर्णय भएको स्रोतले बतायो । एमसीसीका सन्दर्भमा नेकपा भित्र ठूलै रडाको मच्चिएको छ । ओली पक्ष यथास्थितिमा संसद्बाट अनुमोदन गराउन चाहन्छ भने विरोधीहरु भने परिमार्जनसहित मात्रै अनुुमोदन गर्नुपर्ने पक्षमा अडिग छ ।
संसद्ले यही असार १७ गते भित्रै अनुमोदन गरिसक्नुुपर्ने प्रावधान रहेकोले पनि यो अजेण्डालाई महत्वका साथ हेरिएको छ । सभामुुख अग्निप्रसाद सापकोटाले संसद्को आगामी बैठक असार १७ गतेका लागि डाँकेका छन् । यस्तै स्थायी कमिटीका लागि पाँचौं अजेण्डाका रुपमा विविध शीर्षक राखिएको छ । यी पाँच अजेण्डामा छलफल गर्न कम्तिमा पाँच दिन लाग्न सक्ने अनुमान सत्तापक्षीय नेताहरुको रहेको छ ।
एमसीसीका विषयमा पार्टीभित्रै चर्को विवाद भएपछि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । यसअघि सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलका तीनै जना नेताले एमसीसी हुबहु पारित गर्न नहुने बताएका थिए ।
एमसीसीका विषयमा सडकमा समेत दिनदिनै प्रदर्शन हुदै आएको छ । ५० करोड अमेरिकी डलर परियोजना एमसीसी नेपालको स्वाभिमानविरुद्ध रहेको धेरै नेता र सर्वसाधारणको बुझाई छ । अब स्थायी समिति बैठकले निर्णय गरेपछि नेकपाले एमसीसी संसदमा पेश गर्न निर्देशन दिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार