पाकिस्तान र भारतीय जासुसको शीतयुद्ध उत्कर्षमा, देश निकाला गर्ने होडबाजी !
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १९:१८:२३
१० असार, काठमाडौं । चीनसँगको सीमा विवादले तनाव बढेका बेला पाकिस्तानसँग पनि भारतको पुरानो विवाद बल्झिएको छ । पुरानै विवाद उत्कर्षमा पुगेपछि भारतले राजधानी नयाँ दिल्लीमा रहेका पाकिस्तानी उच्च आयोगका कर्मचारीलाई निष्कासन गर्ने तयारी गरेको छ ।
उच्च आयोगमा कार्यरत कर्मचारीलाई आतंकवादीसँग सम्बन्ध भएको र जासुसी गरेको आरोपमा भारतले देश निकाला गर्ने तयारी गरेको हो । यो कदम भारतले देशभित्रै मात्र होइन, पाकिस्तानमा रहेको भारतीय उच्च आयोगमा पनि अगाडी बढाएको छ । जसलाई लिएर भारत र पाकिस्तानबीचको तनाव फेरि चुलिएको आशंका गरिएको छ ।
चीनसँगको लडाईका क्रममा लद्दाखमा २० जना सैनिक गुमाएको भारतले पाकिस्तानसँग पनि पुरानै दुष्मनी थप बल्झाउने कदम चालेको विज्ञहरुको टिप्पणी छ । यद्यपी पाकिस्तानी अधिकारीबाट सुचना चुहिने डरले भारतले केही कर्मचारी र गुप्तचरको संख्या कटाएको अनुमान छ ।
भारतले यसै महिनाको शुरुवातमा दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेर यो कदमको शुरुवात गरेको थियो । तर फेरि उच्च आयोगमा काम गर्ने कर्मचारीलाई समेत हटाएपछि तनाव झन चुलिएको आशंका गरिएको छ ।
त्यसअघि भारतीय कर्मचारीलाई पाकिस्तानी अधिकारीले अपहरण गरेको आरोप छ । तर त्यसलाई नै अहिलेको तनावको जिम्मेवार कारण भनिएको छैन । बाहना जेसुकै भएपनि चीनविरुद्ध चालिने ठोस कदमको सुचना पाकिस्तान नपुगोस भन्ने उद्धेश्यले उनीहरुका सम्भावित खतरा मानिने जासुसी अधिकारीलाई स्वदेश फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
एजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर
जेठ १६, २०८१ बुधबार
भारतको मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार