ओली र प्रचण्डको भाषणमै सकियो स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २०:४९:१०
१० असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषणमै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको पहिलो दिनको बैठक सकिएको छ ।
सात बुँदे योजना तय गरेर शुरु भएको बैठक ओली र प्रचण्डको सम्बोधनबाट सञ्चालन भएको छ । बैठकमा वर्तमान राजनीतिक अवस्था र पार्टीका आन्तरिक विषयमा दुबै अध्यक्षले आ आफ्नो धारणा राखेका थिए । पहिलो दिनको बैठकमा सामान्य कुरा भएको र दोस्रो दिनको बैठकमा विस्तृत छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
लिखित दस्ताबेजमा चौथो नम्बरमा राखिएको एमसीसी एजेन्डालाई बैठकमा छैटौ स्थान दिइएको छ । सबैभन्दा पुछारको जस्तै एजेन्डा मानिएको एमसीसीमा पार्टीभित्रै आन्तरिक असन्तुष्टि बढेपछि नेकपाले स्थायी समिति बैठक बोलाएको हो ।
स्थायी समिति बैठकले एमसीसी एजेन्डा पारित गरेपछि सचिवालयले त्यसलाई अनुमोदन गर्नेछ । पार्टीभित्रै आन्तरिक समस्याका कारण एमसिसी संसदमा पेश हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार