सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १६:१२:५६
◊ धीरुभाइ
११ असार, सप्तरी । सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ्ले बिहीबार बिहान सप्तरीका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ ।
चट्याङमा परेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका-९, लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए ।
त्यसैगरी, राजगढ गाउँपालिका वडा नं। २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ । चट्याङ लागेर घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले बताइएको छ । बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको छ ।
यसैबीच, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। बिहान आएको मुसलधारे पानीेसँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातिखर्ककी ३१ वर्षिया अनिता खड्का घाईते घाइते भउकी छिन्। उनको खुट्टाको केहि भाग जलेको छ । सामान्य अवस्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रनाउ पुरीले बताए ।
दुवै जना खेतमा काम गर्दैगरेको अवस्थामा चट्याङले हानेको प्रहरीले जनाएको छ । चट्याङले हानेर घाइते भएका चौधरीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए । त्यस्तै, मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका-२ स्थित कालापानीका बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।
सम्झनाको घरमा बसिरहेको अवस्थाा चट्याङ लागेर घटनास्थलमा नै विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गए राति नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षका ईन्द्रबहादुर रानाले जानकारी दिए।
यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
आजको मौसम : 'रेमल' चक्रावतको आंशिक प्रभाव
जेठ १६, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार