संकटमा होटल व्यवसायी, घरभाडा छुट नदिए आन्दोलन गर्ने चेतावनी
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १९:१९:२२
११ असार, काठमाडौं । लकडाउनको समयमा भाडा छुट नपाएको र व्यापार पनि नभएको भन्दै व्यवसायीले आन्दोलन गर्ने तयारी गरेका छन । सरकारले भाडा छुट दिन घरभेटीलाई आग्रह गरेको भएपनि कुनै निर्देशन जारी गर्न नसक्दा डेरावाल तथा व्यवसायी भाडा तिर्न बाध्य छन ।
यही समस्या झेलिरहेका होटल व्यवसायीले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । कोरोनाले होटल बन्द भएको र सरकारले साना होटलहरुलाई बेवास्ता गरेको उनीहरुको आरोप छ ।
यही अवस्था कायमै रहेको भन्दै होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापनगर्न माग गरे । व्यवसायीहरुले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् । महासंघले होटल व्यवसायीलाई प्राथमिकतामा राख्न, आवश्यक केही छुट दिन र भोलिका दिनमा पनि होटल व्यवसायीलाई सहुलियत दिन व्यवसायीको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार