आइसोलेशन कक्षमै जन्मियो शिशु
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार १:३५:४१
११ असार, गलकोट । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् ।
धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो । हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार