लकडाउनपछि राहदानीबाट ६१ लाख ५० हजार राजश्व सङ्कलन
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ४:४५:२९
११ असार, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउनपछि राहदानीबाट ६१ लाख ५० हजार राजश्व सङ्कलन भएको छ । लकडाउन नहुँदा दैनिक रु डेढदेखि दुई करोडसम्म राहदानीबाट राजश्व उठदै आएको महानिर्देशक खड्काले जानकारी दिए । संयुक्त राज्य अमेरिकाले आवासीय भिसा ग्रीनकार्डको आवेदनमा राहदानी नम्बर अनिवार्य गरेपछि गत वर्षको असोज कात्तिकमा २५ दिनको अवधिमा झण्डै एक लाखको सङ्ख्यामा राहदानी वितरण भएको थियो ।
कोरोनाको सङ्क्रमण हटेपछि फेरी पनि राहदानीको माग बढ्नसक्ने अनुमान गरी विभागले २० लाखको सङ्ख्यामा विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरेको जानकारी दिएको छ । महानिर्देशक खड्काले भने, “हामीसँग मौज्दात एमआरपीको सङ्ख्या ५ लाख ५० हजार ८८५ छ, अहिले भइरहेको वितरणका आधारमा मौज्दातले एकदेखि डेढ वर्षसम्म पुग्छ भन्ने अनुमान गरिएको छ ।”
यसअघि बैठकमा सदस्यहरुले औचित्य र आवश्यकता पुष्टि नभइकन कोरोना उपचारका लागि पैसाको अभाव रहेका बेला किन विद्युतीय राहदानीका लागि बोलपत्र आह्वान भएको भनी स्पष्टिकरण माग गरेका थिए । उनीहरुले विद्युतीय राहदानीसम्बन्धी विषय कोरोना स्वास्थ्य सामग्री र वाइडबडी विमान खरिद प्रकरणजस्तो विवादित नहुने गरी सुझबुझका साथ जिम्मेवारी पूरा गर्नुस् भनी मन्त्रालयका पदाधिकारीलाई सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार