यो वर्ष धान उत्पादन राम्रो हुने
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १६:४:३७
१५ असार, काठमाडौं । यो बर्ष मनसुनी गतिविधि लगातार सक्रिय रहेको हुँदा विगत भन्दा यो धान उत्पादन राम्रो हुने आँकलन गरिएको छ । कोरोना महामारीका रोकथाम गर्न सरकारले लागु गरेको लकडाउनका कारण गाउँमा जनशक्तिको उपलब्धता आवश्यक मात्रामा हुँदा यो वर्ष धान उत्पादन राम्रो हुने भएको हो ।
कृषि तथा पशु पक्षी मन्त्रालय देशभर अहिलेसम्म लगभग २२ प्रतिशत रोपाइँ भएको जनाएको छ । । सबैभन्दा बढी प्रदेश ५ मा अहिलेसम्म ३५ प्रतिशत भन्दा धेरै रोपाइँ भएको छ । यस्तै प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत भन्दा धेरै क्षेत्रमा रोपाइँ भएको छ।
कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले यो वर्ष पानी लगातार परिरहेकोले धान उत्पादन राम्रो हुने आंकलन गरेको बताएका छन् । यस्तै लकडाउनका कारण गाउँ गएकाहरुका कारण जनशक्तिको पनि अभाव छैन । सोही कारण गत वर्षभन्दा चाँडै नै रोपाइँ भएको छ । गएको वर्ष यो समयमा देशभर १६–१७ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मनसुन सक्रिय नै रही खडेरी नपरेमा यो वर्ष धान खेती राम्रो हुने संकेत मिलेका मन्त्रालयले जनाएको छ।
असार १५ मै देशभर २२ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । बिउ पनि राम्रो भएको किसानले बताएका छन् । यसले गर्दा यो वर्ष धान उत्पादन राम्रै हुने अपेक्षा गर्न सकिन्छ । तर यो वर्ष लकडाउनका कारण रासायनिक मलको भने अभाव भएको किसानको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार