लगातारको वर्षाले महाकाली राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार ०:७:५१
१५ असार, काठमाडौं । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो ।
सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार