कर्णाली राजमार्ग अवरुद्ध : सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार ०:१६:३४
१५ असार, मान्म । कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् ।
आठबीसका प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताए । ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौंँ तर पहिरो ठूलो छ । पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ’, उनले भने,‘यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ ।’ यसैबीच आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ ।
राति कालीकोट जिल्ला अस्पतालबाट सुरक्षित सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।
पहिराले सडक कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुत्केरी र नवजात शिशु जाक्सी गाउँको गोठमा बसेका छन् । शिशुलाई दिएको अक्सिजन सकिँदा अवस्था गम्भीर बन्दै गएको वसन्तीका श्रीमान् राजकुमारले बताए । ‘अक्सिजन सकियो । राकम कर्णाली सात्तला हेल्थ पोष्टमा अक्सिजन नै छैन’, उनले भने,‘पानी परिरहेकाले सडक खुल्ने अवस्था छैन । नवजातको अवस्था थप गम्भीर हुँदै गएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार