अर्थमन्त्री डा खतिवडा भन्छन्, “बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ”
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार २:८:४३
१५ असार, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले बजेटलाई व्यावहारिक कार्यान्वयनका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै हामी सबैले मेहनत गरेका अवस्थामा आशातित प्रतिफल आउने विश्वास व्यक्त गरे ।
उनले बजेटको कार्यान्वयन, व्यावसायिक वातावरण, आवागमन खुकुलो गरिँदै जाँदाको अवस्थामा अर्थतन्त्र पुरानै गतिमा फर्कने र घटीमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे । बाह्य लगानीका लगानीको वातावरण बन्दै गएको र थप लगानी ल्याउनका लागि उनले निजी क्षेत्रलाई व्यावसायिक दूतका रुपमा काम गर्नसमेत आग्रह गरे । पर्यटन क्षेत्रको अवस्थामा केही समस्याग्रस्त भए पनि वस्तुको बजार हेरेर लगानीका लागि सरकारले पहल गर्ने, लगानीका क्षेत्र विस्तार गर्ने गरी सम्बन्धित मन्त्रालयले काम गरिरहेको तथा कुनकुन वस्तुलाई प्रोत्साहनमा राख्न सकिन्छ भनेर आवश्यक पहलसमेत भइरहेको उनको भनाइ छ ।
सरकारले विद्युत्को विषयमा समेत आवश्यक निर्णय गरिसकेको र नेपाल विद्युत् प्राधिकरणको राजस्वमा रु १२ अर्ब बराबरको नोक्सानी हुने भए पनि राहत प्रदान गरिएको तथा विभिन्न शीर्षकमा गरेर झण्डै रु ७० अर्ब बराबरको सहुलियत दिइएको उनको भनाइ छ । उनले सकारात्मक श्रम सम्बन्धको विकास भएको, थप सहजीकरणका लागि सरकार प्रयासरत रहेको र तथा औद्योगिक सम्बन्ध सुमधुर बनाउनसमेत आवश्यक प्रयत्न भएको जानकारी दिए ।
अर्थमन्त्रीले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारोन्मुख दिशामा केन्द्रित भएको र पछिल्ला दिनमा भन्सार र आन्तरिक राजस्वसमेत ८० प्रतिशतको हाराहारीमा उठन थालेको बताए । अन्तराष्ट्रिय व्यापारसमेत सामान्य अवस्थामा फर्कदै गएको र यही असार १ गतेपछि लकडाउन खुकुलो बन्दै जाँदा आर्थिक क्रियाकलापमा समेत बढोत्तरी भएको उल्लेख गरे । विदेशको श्रम बजारसमेत क्रमशः सकारात्मक बन्ने, विप्रेषण आयातको अवस्थामा सुधार भएको र कोरोनाका कारण समस्यामा परेका फर्कन खोजेका नेपालीको समेत श्रम गन्तव्यमा नै रहने अवस्था देखिन थालेको अर्थमन्त्रीको भनाइ थियो ।
गत जेठमा मात्रै रु एक खर्बबराबरको विप्रेषण आयात भएकाले बैंक तथा वित्तीय संस्थामा तरलताको सङ्कुचन नभएको उल्लेख गर्दै मन्त्री डा खतिवडाले बैंक थप लगानी गर्नसक्ने अवस्थामा पुगेको जानकारी दिए । उनले क्रमशः कर्जाको व्याजदर एकल अङ्कमा आउने वातावरण तयार हुँदै गएको स्पष्ट पार्दै निक्षेपकर्ताको हितलाई समेत ध्यान दिएर मौद्रिक नीतिमार्फत आवश्यक व्यवस्था हुने स्पष्ट पारे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना कारण समस्यामा परेको अर्थतन्त्रलाई सकारात्मकरुपमा अगाडि बढाउन आआफ्नो मन्त्रालयका तर्फबाट आवश्यक पहल गरिने बताए । परिसङ्घका अध्यक्ष सतिस मोरले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रको सुधार, औद्योगिक वातावरण निर्माण तथा श्रम सम्बन्धको विकास तथा सरकारले गर्नुपर्ने पहलका बारेमा स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार