तीन स्थानीय तहको कोरोना कोषलाई ७९ लाख विनयोजन
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:१२:३७
१९ असार, गलकोट । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको रु छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो ।
“बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ”, सांसद पाठकले भने, “कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।”
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो । स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन भएको हो ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सबै खर्च भए पनि बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोलामा गरी केही रकम बचत भएको हो । २०७७ असार २ गतेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ तेस्रो संशोधनअनुसार विनियोजन भएको रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका निर्देशक तथा सदस्यको परामर्शमा कोरोना नियन्त्रण खातामा जम्मा गर्न सकिने व्यवस्थाअनुसार गत असार १५ गतेको निर्णयअनुसार बागलुङ नगरपालिकाको कोरोना कोषमा बचत हुन आएको रु ३१ लाख ११ हजार १२३, बरेङ गाउँपालिकाको कोरोना कोषमा रु ३१ लाख ८३ हजार १२३ र काठेखोला गाउँपालिकाको कोरोना कोषमा रु १६ लाख ४६ हजार १९ रकम जम्मा गर्न जिल्ला समन्वय समितिको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहलाई प्रदान गर्न पत्र पठाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी राजुप्रसाद न्यौपानेले जानकारी दिए ।
स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा विनयोजन भएको रु छ करोडमध्ये बागलुङ नगरपालिका, काठेखोला र बरेङमा गरी जम्मा ७९ लाख ४० हजार ३६५ रकम बचत भएको हो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटबाट खर्च हुन नसकेको रकम स्थानीय तहको कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा प्राप्त हुँदा स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा सहज पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।
“कल्पना बाहिरको भाइरसको प्रकोपका कारण स्थानीय तहलाई चालु आर्थिक वर्षमा समस्या नै छ”, प्रमुख पौडेलले भने “कोरोना कोषमा सांसद विकास कोषको रकमले राहत मिल्ने भो ।” बागलुङ नगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको रु ९४ लाख बजेटमध्ये कोरोना भाइरस, नियन्त्रण, रोकथाम, औषधि, स्वास्थ्य सामग्री तथा गुमेको रोजगारी सिर्जना गर्नका लागि झण्डै रु १० करोड रकम विनियोजन गरेको पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार