होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार १:३५:१०
१९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताए ।
सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिए । कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे ।
मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिए । पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै बन्दाबन्दी खुलाउन मन्त्री भट्टराईसँग माग गरेका छन् ।
मागपत्रमा व्यसायीहरुले चार्टर्ड उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न अनुरोध गरेका छन् । त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनका लागि अनुमति दिन र हिमाल सफाइको कार्य सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्य तत्काल शुरु गर्न मागसमेत गरिएको छ ।
ट्रेकिङ्ग एजेन्सीज एसोसिएशन अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स ऐजेन्ट ‘नाट्टा’, सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर अपरेटर्स, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, टुरिस्ट बस एसोसिशन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले अध्यक्षले सामूहिक रुपमा पर्यटनमन्त्री समक्ष माग तथा सुझाव दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार