प्युठानका स्थानीय तहको बजेटमा कृषिमा रोजगारी
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १८:५५:४२
२१ असार, प्युठान । प्युठान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ७८ करोड १२ लाख १८ हजार ७४९ को बजेट पारित गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, रोजगारीसँगै शिक्षालगायतका क्षेत्रमा प्राथमिकता दिएको नगरपालिकाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘हातहातमा कृषि सामग्री र गाउँगाउँमा रोजगारी’ अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रूपमा लिई रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पालिकाले स्वदेशी श्रम, स्वदेशमै पसिनाको नीतिअनुसार कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
कोरोना भाइरसका कारण भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकलाई नगर क्षेत्रमै रोजगारी दिनका लागि नगरपालिकाले कृषि र रोजगारीलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको हो । यस कार्यक्रममार्फत किसानलाई प्राविधिक सेवा प्रवाह, उत्पादन सामग्रीको उपलब्धता र यान्त्रिकीकरणलगायत कोभिड विशेष कार्यक्रमका लागि नगरसभाबाट रु एक करोड १९ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
नगरपालिकाले आगामी वर्ष सुत्केरीसँग नगरपालिका कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रका स्वास्थ्य क्षेत्रमा सुत्केरी हुने महिलालाई पौष्टिक आहार दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख कक्षपतिले बताए । यस कार्यक्रमका लागि नगरपालिकाले रु नौ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै नगरपालिकाले अनाथ दुर्गम क्षेत्रका बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, माटो प्रयोगशाला निर्माण, बीउ स्रोत केन्द्र स्थापना, शीतभण्डार निर्माण, एक घर एक धारा खानेपानी कार्यक्रम, खरको छाना विस्थापन कार्यक्रम, श्रममूलक आयोजनामा जोड, स्थानीय उत्पादनको प्रोत्साहनका लागि कोसेली घर स्थापना, स्थानीय फर्निचरको उपयोगमा जोड दिई नगरपालिकाले आगामी वर्षका लागि बजेट विनियोजन गरेको छ।
यस्तै जिल्लाकै मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि गाउँसभाबाट रु ४३ करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अमरध्वज रानाले बताए । गाउँपालिकाले आगामी वर्षका लागि कृषि तथा पशुक्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । कोभिड–१९ का कारण स्वदेश तथा विदेशबाट फर्किएपछि रोजगारी गुमाएका व्यक्तिलाई रोजगारी दिने मुख्य उद्देश्यले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनयोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताए ।
कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरण र वृद्धिकरण, युवा लक्षित व्यावसायीकरणका लागि बजेट विनियोजन भएको उनले बताए । त्यस्तै कृषि र पशु क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई ५० प्रतिशत लागत साझेदारीमा अनुदान दिने गरी बजेट विनियोजन गरिएको छ ।
यस्तै नौबहिनी गाउँपालिका बाहाने प्युठानले आगामी आर्थिक वर्षका लागि रु ४८ करोड २६ लाख बजेट विनियोजन गरेको छ । पालिकाले कोभिड–१९ तथा अन्य महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण र उपचार कोषका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । कोभिड–१९ का क्रममा भारत तथा तेस्रो मुलुकबाट आएका र नौबहिनी क्षेत्रका बेरोजगारी व्यक्तिलाई रोजगारी दिने उद्देश्यले कृषकसँग गाउँसरकार कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । यो कार्यक्रमका लागि पालिकाबाट रु एक करोड बजेट विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार