अष्ट्रेलियास्थित रोयल रेमिटबाट सनराइज बैंकमा पैसा पठाउन सकिने
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १९:४७:५८
२२ असार, काठमाडौं । सनराइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित व्हाइट एभरेष्ट प्रालिद्धारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले राखेको छ । यसरी रोयल रेमिट नेपालमार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।
रोयल रेमिट नेपालमार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार
बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार