कोरोना फैलने त्रासले जलबिरे लामो झरना प्रवेशमा रोक
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १५:२७:४३
२४ असार, मुग्लिन । चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो ।
देशमा कोरोना भाइरसको प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि कोरोना फैलने त्रासले पूर्णरूपमा बन्द नै गरिएको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए । कोरोना सङ्क्रमण बढ्दै गए पनि गर्मी मौसमका कारण झरना घुम्न आउनेको कमी नभएपछि लामो झरना पर्यटन विकास समितिको बैठक बसी मङ्गलबारदेखि नै प्रवेशमा बन्देज लगाइएको अध्यक्ष गुरुङको भनाइ छ ।
अध्यक्ष गुरुङले भने, “देशमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहे पनि गर्मी मौसमका कारण झरनाको शीतलतामा आनन्द लिन आउनेको सङ्ख्या बढिरहेको छ, यसले कोरोना फैलने त्रास छाएको छ, दैनिक १०० भन्दा बढी पर्यटक आउन थालेपछि मङ्गलबारदेखि पूर्णरूपमा प्रवेशमा रोक लगाइएको हो ।” उनले कोरोनाको त्राससँगै अहिले बर्सातको समयमा भौतिक संरचना पनि बनिरहेकाले सुरक्षाका दृष्टिकोणले पनि जलबिरे लामो झरनामा प्रवेशमा रोक लगाइएको बताए ।
जलबिरे लामो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणस्थल हो । यहाँ बर्सेनि ४० हजारभन्दा बढी पर्यटक झरना अवलोकनका लागि आउने गर्दछन् । गाउँपालिकाले गत वर्षमात्रै झरना अवलोकनका लागि आउने पर्यटकबाट प्रवेश शुल्क उठाउँदा रु १८ लाखभन्दा बढी आम्दानी गरेको थियो । झरना प्रवेशका लागि प्रवेशशुल्क रु ५० रहेको छ । क्यानोनिङका लागि भने विदेशी पर्यटकका लागि रु ५०० र नेपालीका लागि रु १०० निर्धारण गरिएको छ ।
यहाँ क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देशका विभिन्न जिल्ला र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए । विसं २०६९ देखि पर्यटन विकास शुरू भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यस्थलमध्ये जलबिरे लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । एक सय दुई मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।
पर्यटक लोभ्याउन भौतिक पूर्वाधारमा जोड
यसैबीच यहाँ पर्यटक लोभ्याउनका लागि भौतिक पूर्वाधार निर्माणकार्य भइरहेको छ । प्रदेश र केन्द्र सरकारको बजेटमा सडक स्तरोन्नति र प्रवेशद्वार निर्माणकार्य भइरहेको छ । यसअघि यहाँ हेटौँडास्थित वाग्मती प्रदेश पर्यटन विकास विकास आयोजनाबाट प्राप्त रु २५ लाख बजेटमा दृश्यावलोकनसहितको गोलोघर निर्माण सम्पन्न भइसकेको छ ।
यहाँ सुरक्षाका लागि गाउँपालिकाबाट विनियोजित रु आठ लाखले रेलिङ हालिएको वडाध्यक्ष भूपेन्द्र चेपाङले जानकारी दिए । अहिले स्थानीय र वडाको सहकार्यमा जलबिरे लामो झरना सरसफाइलाई पनि निरन्तरता दिइरहेको अध्यक्ष चेपाङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार