तीन वर्ष पछि ताँसुगाडको विद्युत् उत्पादन क्षमता वृद्धि
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १८:५०:१५
२४ असार, जाजरकोट । तोकिएका मिति भन्दा झण्डै तीन वर्ष पछि ताँसुगाड जलविद्युत् आयोजनाको विस्तृत योजना प्रतिवेदनको मस्यौदा कन्सल्टेन्टले बुझाएको छ । डीजाएड कन्सलटेन्सी काठमाडौं र एडीएमसी काठमाडौंले संयुक्त रुपमा नलगाड जलविद्युत् आयोजनासँग विस्तृत आयोजना प्रतिवेदन बनाउने भनेर सन् २०१५ अप्रिलमा सम्झौता गरेका थिए ।
नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।
शुरुमा ४।५ मेगावाट मात्र उत्पादन हुने सम्भाव्यता गरिए पनि अहिले दिइएको मस्यौदामा झण्डै ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन आएको नलगाड जलविद्युत् आयोजनाले जानकारी दिएको छ । डीपीआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेण्ट नयाँ बानेश्वर, एडिएमसी लामो समयसम्मा सम्पर्कमा नआएपछि काम बीचमै रोकिएको थियो ।
पटकपटकको भाका नाघेर कालोसूचीमा राख्ने तयारी गरेर अन्तिममा कन्सलटेण्टले विस्तृत योजना प्रतिवेदन दिनका लागि काम गर्न नलगाड जलविद्युत् आयोजनासँग अनुरोध गरेपछि पूर्ण कामको जिम्मा दिइएको थियो । नलगाड सरोकार समिति तथा स्थानीयवासीले पटकपटक दबाब दिएपछि मात्र डीपीआरको रिपोर्टका काम कन्सलटेण्टले काम गरेको थियो । डीपीआरका लागि रु ८० लाखमा ठेक्का सम्झौता भएको थियो ।
पच्चीस रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । यो काम सकिने वित्तिकै अर्को वर्ष निर्माणका लागि ठेक्का प्रक्रियामा जान लागिएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल लगेजुले जानकारी दिए । स्वदेशी लगानीबाट निर्माण हुने यो आयोजना जाजरकोटको पहिलो आयोजना हुने छ । त्यस्तै ३३ केभी प्रशारण लाइनको सव–स्टेशनसमेत आयोजनास्थल चौखामा निर्माण गर्न लागिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार