पहिरोका कारण साँफे–मार्तडी सडक बन्द
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार २०:४५:५८
२४ असार, अछाम । जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिदै गएको छ । सडक भासिएपछि फाटफुट चल्ने सवारीसाधन समेत ठप्प भएका छन् ।
सडकको पानीनाउला, तिपाडा, ओलेनामा माथिबाट पहिरो बग्न थालेकोले छ । मङ्गलबार राति आएको अविरल वर्षाका कारण पानीनाउलामा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन आशिंक रुपमा चलेका छन् । पानीनाउलामा आएको पहिरो पन्छ्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । सडक अवरुद्ध बनेपछि खुलाउने प्रयास भइरहेको भए पनि माथिबाट पहिरो खस्ने भएकाले समस्या भएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ । आवतजावतमा समेत निकै समस्या भएको स्थानीयवासी सुशील थापाले बताए ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत वर्षको वर्षायाममा सडक अवरुद्धले यस क्षेत्रमा दैनिक उपभोग्य सामान र औषधिको अभाव हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार