सुनकाे मूल्यमा नयाँ रेकर्ड
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार १९:४७:१०
२५ असार, काठमाडौं । सुनको मूल्य बिहीबार ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एकै पटक ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो अहिलेसम्मकै उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ कायम भएको हो । भाउ एकै दिन तोलामा ९ सय रुपैयाँ बढेको हो । बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि बढेर तोलाको ९८० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ चुलिंदा नेपाली बजारमा सीधा प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । सुन पूरै आयातमा निर्भर हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यको सीधा प्रभाव पर्छ । यता, स्थानीय बजारमा भने भाउ चुलिंदा कारोबार खासै नभएको व्यवसायीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार