पर्यटक भित्र्याउन पदमार्ग निर्माण, आवतजावत गर्न सहज
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार २०:५४:१५
२५ असार, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ मा छिपखोला–प्वाङ–गुप्तदह–निगालटाला हुँदै पुप्ता दह, सिस्ने पुग्ने पदमार्ग निर्माण थालिएको छ । जिल्लाको उच्चस्थान सिस्ने–१ र २ मा पर्ने पर्यटकीयस्थल गुप्तदहतर्फको पदमार्गलाई स्तरोन्नति गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।
वडा नं २ को प्वाङ भएर गुप्तदह हुँदै सिस्ने आवतजावत गर्न सहज बाटो नहुँदा अहिले समस्या परिरहेको छ । आवतजावतलाई सहज गराउनुका साथै पर्यटक भित्र्याउन पदमार्ग निर्माणको काम थालिएको हो । गुप्ता दह सिस्ने पुग्नका लागि प्रदेश ५ सरकारले क्रमागतरुपमा पदमार्गको योजना अगाडि सारेको छ । चालू वर्षमा प्रदेश सरकारको रु ३० लाख बजेटमा डिभिजन वन कार्यालय रुकुमपूर्वमार्फत पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको वन कार्यालयले जनाएको छ ।
चालू वर्षमा सिस्ने– १ को चारसिङग्यदेखि गुप्तादहसम्मको ८८० मिटर बाटो खनिएको छ । यस्तै सिस्ने– २ को खारा–मूलपानी, चाखलिमेला–प्वाङ्गे बिसौना हुँदै गुप्तदहतर्फको भनभनेसम्म एक हजार ९६० मिटर पदमार्ग खनिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुजन राजभण्डारीले बताए।
छिपखोला–प्वाङगुप्तदह–निगालटाला हुँदै सिस्ने गाउँ खण्डको बाटोको कुनै ठाउँमा साह्रै अप्ठ्यारो रहेकाले पदमार्ग योजनामार्फत बाटोलाई स्तरोन्नति गर्न आवश्यक रहेको राजभण्डारीले बताए । जिल्लाको उच्चस्थानमा रहेको गुप्तादहमा सिस्ने हिमालको छायाँ देखिने गर्दछ ।
उक्त ठाउँमा गुप्ता दह र सिस्ने हिमालको अवलोकन गर्न जाने मान्छे बढेको सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले बताए। सिस्ने– १ जाने र यार्सा मौसममा डोल्पा यार्सा टिप्न जाने रोल्पा, रुकुम, सल्यानलगायत जिल्लाका मानिस उक्त बाटो हुँदै आवतजावत गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार