कोरोना भ्रम चिरेर बाच्ने १७ उपाय
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार १:२४:५९
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका विषयमा सत्यभन्दा भ्रम बढी छ । वास्तविकता थाहा पाउनेभन्दा हल्लै हल्लामा एक अर्कालाई त्रसित बनाउने काम पनि उस्तै छ । कोरोना संक्रमण हुनेवित्तिकै नेपालमा केहीले आत्महत्या समेत गरेका छन् । अहिले पनि कोरोना संक्रमित देख्नेवित्तिकै मानिसहरु त्रसित हुने गर्छन् ।
तर अब कोरोनासँग डराउनुपर्ने खास कारण छैन । यसको अहिलेसम्म औषधि पत्ता नलागेकाले सतर्क हुनुपर्ने भएपनि डराई हाल्नुपर्ने अवस्था भने छैन । त्यसपछि पछिल्लो समय संक्रमित भएका धेरैजना सञ्चो भएर घर फर्किन थालेपछि झन सहज भएको छ ।
अब कोरोना बारेका भ्रम चिरेर कोरोनासँगै बाच्नुछ । आखिर कसरी बाच्ने त कोरोनासँगै ? युनिभर्सिटी अफ मेरिल्याण्ड, अमेरिकाको संक्रामक रोग केन्द्रका वैज्ञानिकले दिएका १७ सुझाव मनन गरौ :
१. कोरोना भाइरससँग हामीले महिनाैं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । त्यसैले भयक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यतालाई स्वीकार गर्दै बाँच्न सिकौं ।
२. कोशिका भित्ता भित्र प्रवेश गरिसकेको भाइरसलाई धेरै पटक तातोपानी खाएर नष्ट गर्न सकिन्न । त्यसबाट पटक पटक पिसाब फेर्ने मात्रै हुनेछ ।
३. बारम्बार हात धुने र कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्नु यसका लागि सर्वोत्तम उपाय हो ।
४. कोभिड १९ को रोगी नभएको अवस्थामा घरमा किटाणुनाशक छर्कनु आवश्यक छैन।
५. प्याकेज गरिएको कार्गो, पेट्रोल पम्प , किनमेल गर्ने ठेलागाडी र एटीएमबाट संक्रमण हुदैन ।
६. कोरोना भाइरसको संक्रमण भोजनबाट हुने होइन । यो फ्लू जस्तै संक्रमणसँग सम्बद्ध छ । अहिलेसम्म खानाबाट भाइरस संक्रमित भएको कुनै तथ्यगत सूचना छैन ।
७. कोभिड १९ को गैर विशिष्ट लक्षणहरु भनेको गन्ध बुझ्न नसक्नु , अत्यधिक एलर्जी र भाइरल संक्रमण हो ।
८. घर फर्किदा हतारिएर लुगा फेर्न अथवा नुहाउनु पर्ने आवश्यकता छैन । शुद्धता सद्गुण हो, यसलाई पागलपन बनाउनु हुँदैन ।
९. कोरोना भाइरस वायुमण्डलमा हुदैन । यो निकटता गर्दा श्वासप्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो।
१०. बगैँचा र पार्कको स्वच्छ हावामा भौतिक दूरी कायम राख्दै घुमफिर गर्न सकिन्छ ।
११. कोरोना एउटा भाइरस हो बैक्टेरिया होइन । त्यसैले यसको लागि साधारण साबुनको प्रयोग गरेपनि पर्याप्त हुन्छ।
१२. अनलाइन अर्डर गरेर खाना मगाउने बारे चिन्तित हुनु पर्दैन तर त्यस्तो भोजनलाई माइक्रोवेब अथवा अन्य कुनै प्रकारले तताएर खानु पर्दछ ।
१३. जुत्तासँग जोडिएर कोरोना भाइरस घर भित्र पुग्ने सम्भावना छैन । ड्रप संक्रमण यसरी फैलिदैन ।
१४. भिनेगर, अदुवा अथवा बेसारको प्रयोग गर्दा यो भाइरसबाट सुरक्षित हुन सकिदैन तर तिन्को सेवनले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ।
१५. लामो समयसम्म मास्कको प्रयोग गर्दा श्वासप्रश्वासबाट बञ्चित भई शरीरमा ऑक्सिजनको मात्रालाई फरक पार्न सकिन्छ। त्यसैले यसलाई भीडभाड भएको ठाउँमा मात्रै प्रयोग गर्नु उचित हुन्छ।
१६. सधैंभरी पञ्जा लगाई रहनु ठिक छैन। भाइरस त्यसमा टाँसिएको हुनसक्छ र अनुहार छुँदा सजिलै सर्न सक्छ। बरु हात धुने क्रममा वृद्धि गर्न सकिन्छ ।
१७. जीवाणुरहित वातावरणमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनाले घर बाहिरको संसारमा प्रायः गइरहनु उपयोगी हुनेछ। रोगजनक माहौलमा शरीरको प्रतिरोधात्मक क्षमता आफै सन्तुलित हुने गर्दछ । त्यसैले घर भित्र बसेर चिल्लो, गुलियो र मसलायुक्त भोजन गर्नुको साटो खुला ठाउँको भ्रमण बढी उपयुक्त हुन्छ।
लकडाउनको निरन्तरता समस्याको समाधान होइन, प्राथमिक उपचार जतिकै हो । विधिको शासन नभएसम्म कोरोना भाइरस संकटको समाधान गर्न सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार