विश्व बैंकबाट ५४ अर्ब ऋण सहायता स्वीकार गरिने
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार २:९:२२
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा कमला–ढल्केबर–पथलैया सडकखण्डको सुधार गर्ने भएको छ ।
यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम सञ्चालनका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकले प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । नेपाली मुद्रामा उक्त ऋण सहायता रु ५४ अर्ब बराबरको रहेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा उक्त ऋण सहायता लिन लागिएको हो ।
यस्तै नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाअन्तर्गत शहरको दिगो र सुरक्षित पूर्वाधारको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय एवं भरपर्दो बनाउन विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर ‘करिब रु १८ अर्ब’ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णयसमेत भएको छ । यस्तै एशियाली विकास बैंकबाट नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर ‘करिब रु पाँच अर्ब ९६ करोड’ बराबरको ऋण सहायता स्वीकार गरिने भएको छ ।
राजीनामा स्वीकृत
सरकारले विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडाले दिएको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशन रमेशकुमार पोखरेलले दिएको राजीनामा समेत स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले माथिल्लो मोदी जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी कार्यका लागि कास्कीको अन्नपूर्ण गाँउपालिका–८ मा रहेको ३० रोपनी ११ आना एक पैसा तीन दाम र अन्नपूर्ण गाँउपालिका–१०, ११ र ७ मा रहेको करिब ३५ रोपनी आठ आना दुई दाम जग्गा प्राप्त गर्न तथा प्रारम्भिक काम कारवाहीका लागि सहायक प्रशासकीय अधिकृत गणेशराज वाग्लेलाई प्रारम्भिक अधिकृत तोकेको छ ।
त्यस्तै, सरकारले स्याङजा जिल्लाको फेदीखोला गाँउपालिकको प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृतिसमेत दिएको छ । राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए। यसैगरी नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा वरिष्ठ कृषि वैज्ञानिक श्रीरामप्रसाद नेउपाने र सर्वराज खड्का सदस्य रहेका छन् ।
सफाइ पेश गर्न सात दिनको म्याद
सरकारले नेपाल रेडक्रस सोसाइटीको काम कारवाहीका सम्बन्धमा समाज कल्याण परिषद्बाट भएको छानबिनको सिफारिशका आधारमा रेडक्रसको केन्द्रीय कार्यसमितिलाई समाजक कल्याण ऐन, २०४९ को दफा २० बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सात दिनको म्याद दिई सफाइ पेश गर्न मौका दिइने भएको छ । बाटोको म्याद बाहेक सो अवधिभित्र सफाइ पेश गर्न मौका दिइएको छ ।
यस्तै नेपाल बाल सङ्गठन र बाल मन्दिरबाट भएगरेका काम कारवाहीका सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशका सम्बन्धमा नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यसमिति र सो समितिका पदाधिकारी तथा सदस्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सात दिनको म्याद दिई सफाइको मौका दिइएको छ ।
त्यसैगरी सरकारले काठमाडौं तराई मधेश दु्रतमार्ग सडक आयोजना सञ्चालन ‘तेस्रो संशोधन’ कार्यविधि, स्वीकृत गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष ‘सञ्चालन’ नियमावली, २०७७ स्वीकृत भएको मन्त्री खतिवडाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार