सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १४:३०:२२
कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट ‘बिओपी’ स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।
सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति ‘डीआइजी’ हरिशङ्कर बुढथोकीले चारवटै बिओपीको उद्घाटन गरे । बिओपी उद्घाटन गर्दै उनले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताए । सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसैँ घण्टा गस्ती गर्दै आएको बताए ।
स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ । सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए ।
उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए । चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार