चाँगुनारायणले ५० करोड लागतमा सुविधासम्पन्न भवन निर्माण गर्दै
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार २०:९:३
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सातौँ नगरसभाद्वारा पारित आर्थिक वर्ष २०७७/७८ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बाँस्तोलाले पुस्तिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६/७७ मा चाँगुनारायण नगरपालिकाले रु ५० करोड लागतमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गर्ने भएको छ । वडा नं ५ घुमाउनेमा रहेको सार्वजनिक जग्गामा नगरपालिकाको भवन निर्माण शुरु गर्ने भएको नगरपालिकाका प्रवक्ता एव वडा नं ८ का वडाध्यक्ष परासर सापकोटाले जानकारी दिए ।
नगरपालिकाले सबै वडा जोड्ने फास्ट ट्रयाक, नयाँ सडकको ट्रयाक निर्माण, मुख्य सडकमा बत्तीको व्यवस्था गरी उज्यालो नगर बनाइने, सार्वजनिक जग्गा संरक्षण तथा वनपधेँरी बाँस्तोला गाउँमा झोलुङ्गे पुल, पर्यटन र सिँचाइका लागि बोजिनी ड्याम, चाँगुनारायण मन्दिरमा हजार सिँढी, भँगेरीडाँडामा अन्तर्राष्ट्रिय रङ्गशाला र एक वडा एक खेलमैदान निर्माण गरिने भएको छ । विदेशबाट फर्किएका र बेरोजगार रहेका युवावर्गलाई लक्षित गरी नगरपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्दै शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने भएको छ । ‘चाँगुनारायण उद्यमशीलता कोष’ खडा गरी ऋणका ब्याज नगरपालिकाले नै तिरिदिने गरी स्वरोजगार प्रवद्र्धन गर्ने भएको हो ।
नगरपालिकालाई विषादीमुक्त खाद्यवस्तुमा आत्मनिर्भर बनाउने, नगरस्तरीय शीतभण्डार निर्माण गर्ने, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना गरिने, रोजगारमूलक कृषिमा अनुदान प्रदान गर्ने, खेतीमा जैविक मलको प्रयोग बढाउने, हरित चाँगुनारायणका लागि घरघरमा अनिवार्य फलफूलका बिरुवा रोप्ने कार्यक्रम शुरु गरिने भएको छ । सामुदायिक विद्यालयमा छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम लागू गर्ने भएको छ । नगरप्रमुख मिश्रले यसबारेमा जानकारी दिँदै भने, “चाँगुका प्रत्येक छोरी अब कम्तीमा कक्षा १२ सम्म पढ्छिन्, छोरीले बीचमै स्कूल छाड्ने क्रम अब रोकिन्छ, यो रकमले छोरीको उच्च शिक्षासम्मको पहुँच वृद्धि हुन्छ, छोरीको विवाह २० वर्षपछि मात्रै हुन्छ, जसले बालविवाह रोक्छ ।”
हरेकवर्ष बैंकमा वचत खाता सञ्चालन गरी नगरपालिकाले छात्राको नाममा रकम जम्मा गरिदिन यो वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । हाल ११ सय ४० छात्राहरु सामुदायिक विद्यालयमा पढिरहेका र यो कार्यक्रम पछि सङ्ख्या थपिने अपेक्षा गरिएको नगरप्रमुख मिश्रले बताए । नगरपालिकाले आधुनिक एवं प्राबिधिक शिक्षालाई प्राथमिकतामा राख्ने, कोरोनाका कारण रोकिएको पढाईमा बैकल्पिक शिक्षाको व्यबस्था गर्ने, २०७८ मा कक्षा ७ र ८ मा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । पत्रकार सम्मेलनमा महिलाको समान पहुँचर विकासका लागि उपप्रमुखसँग महिला लक्षित कार्यक्रम, अपाङ्गता, दलित, जनजाति, पछाडि परेका समुदाय लक्षित कार्यक्रम, बालश्रम मुक्त घरघरमा हरियो झण्डा अभियान, ऐतिहासिक सम्पदाको संरक्षण गरिने भएको नगरपालिकाका उपप्रमुख बिना वास्तोलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार