यातायात श्रमिकको स्वास्थ्यलाई ध्यान दिन सरकारलाई आग्रह
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार २:२५:३३
काठमाडौं । यातायात व्यवसायी तथा यातायात मजदूरहरुले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको आज महासङ्घको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नसकिने जानकारी दिए ।
“बन्दाबन्दीपछि सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा सरोकारवालासँग छलफल चलिरहेको बेला सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णयले सर्वत्र अन्योल सिर्जना गरेको छ”, महासचिव सिटौलाले भने ।
बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदूर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको छ । कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारीसाधन सुरक्षित रुपमा सञ्चालन गर्नका लागि आवश्यक पहल कदमी गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार