नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार ३:४७:५२
रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको बताइएको छ । चीनको वुहान शहरमा सङ्क्रमण शुरू भएको कोभिड –१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।
आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । दैनिक सरदर रु तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड –१९ का कारण हालसम्म करीब रु पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार