झरनामा पर्यटन आवागमनमा रोक
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १४:३६:४९
पोखरा । विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो ।
रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको आयोजनामा जनप्रतिनिधिसहित झरनामा क्यानोनिङ सञ्चालन गर्दै आएको ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिसहितको बैठकले उक्त निर्णय गरेको हो । झरनामा क्यानोनिङ गर्ने, स्नान गर्ने र दृश्यावलोकन गरेर रमाउने पर्यटकको चाप दिन प्रतिदिन वृद्धि भएको छ । भौतिक दूरी कायम नगर्नु, मास्कलगायतका सुरक्षाका सामग्री प्रयोगमा ध्यान नदिँदा रोग फैलिने खतरा बढेपछि केही समयका लागि बन्द गरिएको पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिए ।
“बिहीबार परेको अविरल वर्षासँगै गएको पहिरोले झरनासम्म जाने बाटोसहित निवाट चन्नीखोला सिँचाइ कुलोसमेत बगाएको छ” उनले भने,“ पहिरोले बगाएको नहर मर्मत गरी सिँचाइको व्यवस्था र बाटो निर्माणका लागि पनि झरनामा आवागमन बन्द गरिएको हो ।”बैठकमा उपस्थित पोखरा–२८ का वडाअध्यक्ष निर्मल दियालीका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन र बाटो तथा सँगै रहेको सिँचाइ कुलोको मर्मत, पहिरोको जोखिमसहित झरनामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि यतिखेर पर्यटन आवागमनमा रोक लगाइएको हो ।
“भौतिक पूर्वाधार निर्माणका लागि वडास्तरबाट सक्दो आर्थिक सहयोग रहने छ”, उनले भने, “झरना प्रदेशकै नवीनतम पर्यटकीय गन्तव्य भएकाले त्यसका लागि स्थानीय पहल अत्यन्त महत्वपूर्ण हुन्छ ।”बैठकले पोखरा वडा नं २८ र ३० को सङ्गमस्थल स्याङ्खुदीदेखि नेटालगायतका स्थानमा सूचना बोर्डसमेत राखेको उल्लेख गर्दै वडाअध्यक्ष दियालीले बन्द गरिएको अवधिमा पर्यटकमा देखिएको उत्साहलाई सम्बोधन गर्ने गरी झरनाको प्रचारप्रसारसहित भौतिक निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भने सँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल शुरु गरिएको क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार