दश हजार रिक्सा चालक सङ्कटमा, ब्याज मिनाहा नभए पेशाबाटै विस्थापित हुने निश्चित
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १५:४४:४०
कैलाली । रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् । सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउछन् । “तीन महिना पूर्णरूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेशा सङ्कटमा परेको छ”, उनले भने ।
कोरोना भाइरस सङ्क्रमणले मुलुक नै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका–६ का मङ्गल चौधरीले गएको माघ महिनामा इलेक्ट्रोनिक रिक्सा किने । माघ १० गते रु छ लाख २२ हजार ऋण गरेर रिक्सा किनेका मङ्गलले दुई महिना राम्रोसँग रिक्सा चलाए । दुई महिनापछि चैत ११ गते देश नै लकडाउन भयो । “असार महिनादेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालेँ”, मङ्गलले भने, “ऋणमा रिक्सा किनेँ तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?”
जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । “तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्न, हिजो त दिनभरि यात्रु कुरेँ, एक जना पनि पाइनँ”, रवीन्द्रले भने, “घर पनि कसरी चलाउने ? यही पेशाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।”
रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किने । उनले दुई वर्ष राम्रो कमाइ गरे । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गरे, तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी भने चल्न मुस्किल भएको छ । “दैनिक रु दुई हजारदेखि चार हजासम्म कमाइ हुन्थ्यो, अब नियमित बचत गर्छु र घर चलाउँछु भन्ने सोचेको थिएँ”, राजकुमार भन्छन्, “तीन महिनामा घर खर्चमा रु ५० हजार ऋण लागिसकेको छ, न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।”
रिक्सा चालक इन्द्र विक पनि यात्रु नपाएर दिक्क हुनुहुन्छ । उनले पनि ऋणमा किनेको रिक्सा राम्रो नचलेपछि रिक्साचालक पेशाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताए । रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् । रिक्सा चालक जनक परियारले यही पेशाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताए । “शुरुमा त कोरोना सङ्क्रमण होला भन्ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ”, जनकले भने, “यात्रु कुरेर बस्छौँ, यात्रु पाए पनि एक जना मात्रै बस्न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु ? पेट्रोल हाल्न कठिन भएको छ ।”
सिद्धि विनायक यातायात प्रालिका महासचिव रेग्मी कोरोना भाइरस सङ्क्रमणको असर सबैतिर परेकाले रिक्सा चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न माग गरेको बताउछन्। “हामीले स्थानीय सरकारलाई ब्याज मिनाहाका लागि बैंकसँग पहल गरिदिन अनुरोध गरेका छौँ । रिक्सा चालक ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने निश्चित छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार