औद्योगिक नीतिले उद्योगहरु फस्टाउन नसक्ने आर्थिक समाज नेपालको निष्कर्ष
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १९:४९:३५
स्याङ्जा । नेपाल सरकारले अहिले लिएको औद्योगिक नीतिले राज्यमा उद्योगहरु फस्टाउन नसक्ने आर्थिक समाज नेपालले निष्कर्ष निकालेको छ । नेपालको अर्थतन्त्रमा निकै चासो राख्ने समाजले ‘कोभिड-१९’ को उच्च जोखिमलाई मध्य नजर गर्दै राखेको भर्चुअल कुराकानीमा यस्तो निष्कर्ष निकालेको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए ।
कार्यक्रममा बोल्ने विभिन्न अर्थविदहरुले सरकारले लिएको औद्योगिक नीति उत्पादन मुखी भन्दा पनि आयात मुखी भएको भन्दै यस्तो नीतिले देशमा औद्योगिक क्षेत्रको बिकास हुन नसक्ने धारणा राखेका हुन् । कार्यक्रम बोल्दै प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले बिश्वमा करिब चार सय बर्ष पहिले सुरुभएको औद्योगिक क्रान्तिले अन्य देशमा राम्रै फड्को मारेको बताए ।
नेपालमा खनिज सम्पदाको उत्खनन गर्न कुटो कोदालो, हासिय लगायतका औजारबाट औद्योगिक क्रान्तिको भएता पनी दोस्रो बिश्व युद्धको बेलामात्रै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरु भएको इतिहास रहेको उनले बताए।
अंग्रेज़हरुसंग राणाको राम्रो सम्बन्ध रहेका कारण अंग्रेज़हरु बिश्व युद्धतिर लागेका बेला कतिपय उद्योगमा तिनै अंग्रेज़हरुको लगानी रहेको भन्दै दोश्रो बिश्व युद्धका ताका नेपालमा औद्योगिक ब्यवसाय फस्टाएको इतिहास रहेको उनले जानकारी दिए ।
नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न औद्योगिक क्षेत्रमा फड्को मार्नु पर्ने हुन्छ तर अहिलेको नीतिले यो क्षेत्रमा फड्को मार्ने अवस्था सिर्जना गर्न नसक्ने हुँदा औद्योगिक क्षेत्रको नीति परिवर्तन नगरे सरकारले लिएको नारा साकार नहुने प्राध्यापक डाक्टर यादव शर्मा गौडेलले बताए ।
नेपालको कच्चा पदार्थ कृषिमा आधारित उधोगलाई बिकास गर्ने सके नेपालको औद्योगिक क्षेत्र फस्टाउन सक्ने भन्दै सरकारले पनि नेपालका कच्चा पदार्थमा आधारित उधोगलाई प्राथमिकता दिनुपर्ने धारणा उनको थियो । नेपालको उद्योग अनुसारका कच्चा पदार्थ उत्पादनमा पनि सरकारले ध्यान दिनुपर्ने भन्दै सरकारले साना तथा मझौला उद्योगलाई बिशेष प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो ।
स्थानीय तहमा उत्पादित सिपको आधारमा औद्योगिक क्षेत्रलाई बिकास गर्न सके यस क्षेत्रको बिकास दिगो हुने प्राध्यापक कुन्जराज थापाको धारणा थियो । खासगरी धातुजन्य, ढाकाजन्य, बास तथा बेदजन्य कच्चापदार्थमा आधारित उधोगलाई जोड दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पत्रकारहरुले राखेको विभिन्न जिज्ञासा्हरुको जवाफ अर्थविदहरुले दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार