वर्षाका कारण अवरुद्ध सडक खुल्न कम्तीमा १० दिन लाग्ने
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार ०:५९:५५
काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् ।
यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ ।
त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराेका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ ।
सोही राजमार्गमा जम्बुस्थित ६० मिटर सडक वर्षाले बगाएको छ भने झ्यालेमा पुल बगाएको छ । चाकुमा १८० मिटर सडक पहिराका कारण अवरुद्ध भएको र डाक्लाङ्गस्थित सडक पहिराका कारण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ ।
बेनी जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा माथिबाट आएको पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडकको अम्कोट द्वारी खण्डमा बूढीगङ्गा नदीको बहाव बढ्दा पाँच सय मिटर सडक क्षतिग्रस्त बनेको थियो । अछामको साँफेबगर–मार्तडी सडक बिहीबारदेखि बूढीगङ्गा नदीको बहावका कारण ५०० मिटर सडकमा क्षति पुगेको थियो । बिहीबारदेखि अवरुद्ध सडक खुलाउन नसकिएको विभागले जनाएको छ ।
विभिन्न स्थानका सडक आंशिकरुपमा सञ्चालनमा आएका छन् । महेन्द्र राजमार्गस्थित बाँके भन्सार सडकखण्डमा चपुरदेखि तीन किमी पूर्वजुडवेला कजवेमा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि अवरुद्ध सडक आज आंशिकरुपमा खुलाइएको छ । सो सडक पूर्णरुपमा खुलाउन कति दिन लाग्छ भनी वर्षामा निर्भर रहने पनि विभागले जनाएको छ । बिपी राजमार्गको नै कमेरेफाँटमा सडक पहिराका कारण अवरुद्ध छ । सो सडकमा रहेको केही पहिरो हटाएर आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ भने व्याकहोल्डर र टिपरले पहिरो हटाउने काम भइरहेको छ ।
त्यस्तै कोशी राजमार्गको भेडेटार मूलघाट खण्डमा पनि गर्जुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध थियो । हाल सो सडक आंशिकरुपमा सञ्चालनमा छ । चन्द्रनिगाहपुर गौर सडकमा निरन्तरत वर्षाका कारण अत्यधिक पानीको बहावले गर्दा सडक अवरुद्ध सडक हाल आंशिकरुपमा सञ्चालनमा छ । विभागले यसअघि अवरुद्ध विभिन्न सडक भने खुलाइसकेको छ । कणाली राजमार्गको राचुली क्षेत्रमा सडक हाल सञ्चालन छ ।
त्यस्तै डिभजन सडक कार्यालय तुम्लिङटारले विभिन्न स्थानमा अवरुद्ध सडक खुलाइसकेको छ । डिभिजन सडक कार्यालय कास्कीले पोखरा भ्यूपोइन्ट नजकै दुई ठाउँमा अवरुद्ध सडक खुलाइसकेको छ । महेन्द्र राजमार्गको नवलपरासीको गैँडाकोट र थुन्सी सडक अवरुद्ध छ । नारायणी पुलबाट छ किमी बुटवलतर्फ डाभर्सन नदीको बाढीले बगाएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार