‘खिम्तीको नयाँ सम्झौता गर्दा राष्ट्रिय हितलाई ख्याल गर’
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार १:१३:५७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत आधिकारिक ट्रेड युनियनसहित कर्मचारी सङ्घ सङ्गठनले खिम्ती–१ जलविद्युत् आयोजनाको नयाँ विद्युत् खरिद बिक्री सम्झौता गर्दा नेपाल र नेपाली जनताको हितमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाउँदै खिम्तीलाई स्वदेशी जलविद्युत् आयोजनाले पाउँदै आएको बराबर दर दिन नहुने बताएका हुन् ।
विद्यमान व्यवस्थाअनुसार पोस्टेड दर भन्नाले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा भन्ने बुझिन्छ । प्राधिकरणको आधिकारिक ट्रेड युनियन, राष्ट्रिय कर्मचारी युनियन तथा क्रियाशील कर्मचारी सङ्घ र कल्याणकारी कर्मचारी परिषद्ले खिम्तीले हालसम्म अर्बो नाफा कमाइसकेकाले पोस्टेड दर दिन नहुने बताएका हुन् ।
हिमाल पावर लिमिटेड प्रवद्र्धक रहेको खिम्ती–१ जलविद्युत् आयोजना कुल ६० मेगावाट क्षमताको हो । सो आयोजनाको व्यापारिक उत्पादन सन् २००० जुलाई ११ देखि शुरु भएको थियो । सो आयोजना सञ्चालनमा आएको अवधि ११ जुलाई २०२० मा २० वर्ष पुगेको छ । प्राधिकरण र प्रवद्र्धक हिमाल पावरबीच भएको विद्युत् खरिदबिक्री सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत स्वामित्व हिमाल पावर लिमिटेडले प्राधिकरणले कुनै दाबीरहित अवस्थामा हस्तान्तरण गर्नुपर्नेछ ।
नयाँ सम्झौता गर्दा प्राधिकरणलाई अत्यधिक वित्तीय भार पर्ने गरी विगतमा गरिएको सम्झौतालाई सच्याई अधिकतमरुपमा देश, जनता र प्राधिकरणको हितमा बनाउन कर्मचारी सङ्घ सङ्गठनले आग्रह गरेका छन् । उनीहरुले नयाँ बन्ने संयुक्त कम्पनीमा हिमाल पावरले प्राधिकरणलाई कुनै दाबीरहित ५० प्रतिशत स्वामित्व हस्तान्तरण गर्नुपर्ने र उक्त कम्पनीको हरेक गतिविधिमा प्राधिकरणको निर्णायक भूमिका सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
नयाँ सम्झौता गर्दा विगतमा गरिएको गलत सम्झौतालाई सच्याउने अवसरका रुपमा लिइ सम्पत्ति हस्तान्तरण, वित्तीय विश्लेषण, सञ्चालन, सम्भार खर्च, रोयल्टी, राज्यलाई बुझाउनुपर्ने सबै करलगायत विषयको यथार्थ मूल्याङ्कन गर्नुपर्ने कर्मचारी सङ्घसङ्गठनको माग छ । यसरी माग गर्नेमा आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वरप्रसाद पौडेल, कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई र कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार