मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने निजी क्षेत्रको माग
नेपालबहस संवाददाता
असार २८, २०७७ सोमबार ३:५१:४०
काठमाडौं । निजी क्षेत्रका उद्योगीले अब आउने मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएको बताउँदै सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्ने बताए ।
अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति भएको बताउँदै उहाँले मौद्रिक नीतिमा मुख्यतः पुनःकर्जा, व्याजदर र पुनःसंरचनालाई जोड दिए । नेपाल बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि अपेक्षा पूरा नभएको भन्दै गुनासो गरे ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । पुनःकर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ । उनले भने, “अहिलेसम्म सबै क्षेत्रका विज्ञको सुझाव लिने काम भइसकेको छ, सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नै मौद्रिक नीति आउँछ ।”
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक हुनुपर्ने बताए । नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार