साँफे मार्तडी सडकको विकल्पबारे अध्ययन
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १३:५७:११
बाजुरा । जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ । टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। जानकारी लिन टोली बल्दे, द्वारी, अम्कोट हुँदै धुरालसैनसम्म पुगेको थियो ।
करिब एक किलोमिटरभन्दा बढी सडक पहिरोले भासिएको र साँफे मार्तडी सडकअन्तर्गत द्वारी क्षेत्रमा नयाँ मार्ग निर्माणका लागि कुनै विकल्प नभए पनि अर्को मार्गको बारे छलफल शुरु गरिएको छ । बल्देबाट आटीचौर जाने सडकलाई नै माथि पु¥याएर अम्कोटमाथि हुँदै तिपाडा झार्न सकिने विकल्पबारे छलफल चलिरहे पनि त्योसमेत दिगो नहुने देखिएको छ ।
जिल्लास्तरीय टोलीले अवस्थाबारे जानकारी लिन मात्र गएको र सडकको मार्गबारे प्राविधिक अध्ययनपछि मात्र थाह हुने बताएको छ । सडक पहिरोले भासिएपछि चार दिनदेखि साँफे मार्तडी सडक पूर्णरूपमा बन्द भएको छ ।
सवारीसाधान मार्तडीबाट द्वारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।
आजबाट बाटो काट्न शुरु गरिने
अवरुद्ध भएको साँफे मार्तडी सडकअन्तर्गत द्वारी बल्दे सडक पुनः सञ्चालनका लागि आजबाट निर्माण शुरु गरिने भएको छ । तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीनरूपमा बाटोका लागि धुरालसैनबाट रिला हुँदै मार्तडी ल्याउनेबारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीनरूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ ।
त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार