अबैध क्रसरले बीपी राजमार्ग जोखिममा
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार २०:५९:१७
नेपालथोक ( काभ्रे ) । पूर्वी तराईसँग छोटो दूरीमा राजधानी जोड्ने बीपी राजमार्ग अहिले अबैध क्रसर उद्योगको चरम दोहनको शिकार भएको छ । वर्षा लागेसँगै यो राजमार्गबाट गरिने यात्रा जोखिमयुक्त हुने गरेको छ ।
अबैध रुपमा स्थापना गरिएका क्रसरले गर्दा वर्षाको सबै भल राजमार्गमा आउने गरेको छ । यसले बाटो नै अवरुद्ध हुने गरेको छ । यो समस्याले गर्दा स्थानीयबासी समेत आजित भएका छन् । अहिले बीपी राजमार्ग अन्तर्गतको काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ११ मा पर्ने माम्ती खोलामा आउने लेदोका कारण बेलाबेला राजमार्ग नै अवरुद्ध हुने गरेको छ ।
खहरे खोला भएपनि वर्षायाममा भने नजिकैको अवैध क्रसरले थुपारेको ढुँगा र गिट्टीको थुुप्रो नै सोहरेर बगाउने गर्दा राजमार्ग पूरै अबरुद्ध हुने गरेको हो । बाटोमा हिंडिरहेको सवारी साधन वा मानिस कतिबेला भलको शिकार हुने हो भन्ने अत्तोपत्तो छैन । बेला बेलामा राजमार्गमा थुप्रिने गरेको लेदो सफा गर्न डोजर नै चलाउनु परेको स्थानीयको गुनासो छ ।
खोलाको छेवैमा राजभक्त श्रेष्ठ भन्ने व्यापारीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेकोले समस्या भइरहेको स्थानीयको भनाई छ । यसबारे स्थानीयले पटक पटक वडाध्यक्षलगायत गाउँपालिकामा समेत उजुुरी गरेको भएपनि सुनुवाई भएको छैन । साथै, जिल्ला प्रशासन कार्यालयमा समेत यसबारे पटक पटक गुनासो गरिएको छ, तर कसैले सुनेका छैनन् – स्थानीय कुमार लामा बताउँछन् ।
उक्त क्रसर उद्योगमा स्थानीय निकायका पदाधिकारीको नै शेयर रहेको धरैको आरोप छ । रोशी गाउँपालिका वडा न. ११ का वडाध्यक्ष मिलन मिलन लामा, वडा न. १२ का वडाध्यक्ष फुर्सद मोक्तान र जिल्ला प्रशासन कार्यालयको एक जना कर्मचारीको पनि सो क्रसरमा मुख्य शेयर रहेको बताइएको छ । अब कि त क्रसर उद्योग बन्द गर्नुप¥यो वा पक्की पुल बनाउनुप¥यो भन्दै उनले नत्र कुनैपनि बेला ठूलै मानवीय क्षति पुग्न सक्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार