उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको लडाई !
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १८:९:५७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउन अझै एक महिना बाँकी छ । तर चुनावको माहोल भने निकै तातेको छ । आउँदो कार्यकालका लागि अध्यक्ष बन्न चुनावी प्यानल घोषणा हुने क्रम शुरू भएकाे छ ।
उद्योग वाणिज्य संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था छ । यो व्यवस्थाअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष स्वतः बन्दैछन् । वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीद्धय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा लड्दैछन ।
दुबै जना वर्तमान उपाध्यक्ष हुन । वरिष्ठ उपाध्यक्षका लागि प्रधान र ढकालको लडाई शुरु भएको छ । अहिलेदेखि नै चुनावका लागि अनाैपिचारिक प्यानल घोषणा गरिसकेका दुवै जनाले प्रचार पनि तीव्र रुपमा गरिरहेका छन् ।
ढकाल समूहले मंगलबार चुनावी प्यानल घोषणा गर्दैछ । पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गरेपछि चुनावको माहोल थप तातिनेछ । उनको समूहबाट जिल्ला–नगरउपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ दोहोरिदै छन । एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईलाई उम्मेदवार बनाउने तयारी छ ।
वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार किशोर प्रधानले जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठलाई उठाउने तयारी गरेका छन । उनी महासंघको प्रदेश ३ कमिटीका अध्यक्ष हुन् । प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति उठ्दै छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार