राष्ट्रिय चरन तथा घाँसे बाली : २५ जनाको दरबन्दी, १२ जनामात्र कार्यरत !
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २१:३९:३०
काठमाडौं । जनशक्ति अभावका कारण नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’ अन्तर्गतको राष्ट्रिय चरन तथा घाँसे बाली कार्यक्रममा आशातीत काम हुन सकेको छैन । कामका लागि आउने जनशक्ति पनि अवसरका कारण टिकाउ नहुने गरेको वरिष्ठ वैज्ञानिक एवं कार्यक्रमका उपप्रमुख प्रेनिल केसीले जानकारी दिए । “कार्यक्रमअन्तर्गत हाल २५ जनाको स्वीकृत दरबन्दी भए पनि १२ जनामात्र कार्यरत छन्, स्नातकोत्तर गर्ने विद्यावारिधिका लागि विदेश जान्छन्, स्नातक गरेका स्नातकोत्तर गर्न भनी विदेश गएर उतै काम गर्न थाल्छन्, अहिले पनि तीन जना अध्ययन बिदामा छन्”, उनले भने।
परिषद्अन्तर्गतका शाखा, महाशाखा एवं कार्यक्रम सबैमा जनशक्ति अभाव रहेको छ । वैज्ञानिकलाई टिकाउन कुनै पनि आकर्षण नभएकाले पनि बाहिर अवसर पाउने बित्तिकै हिँड्ने गरेका छन् । वैज्ञानिकलाई प्रयोगशाला भत्ताको व्यवस्थासमेत छैन । परिषद्मा तीन वर्षदेखि पदपूर्तिसमेत हुन सकेको छैन ।
१८ वर्षमा १५ जातका घाँस खोजी
कार्यक्रमले विसं २०५९ देखि हालसम्म १५ जातका घाँसको खोजी गरेको छ । जैमा छ प्रकारका जातको खोजी भएको छ । जसमा कामधेनु, नेत्र, गणेश, पार्वती, नन्दिनी र अमृतधारा छन् । वर्षे घाँसमा मकैचरी–१, बर्षिम घाँसमा ग्रीनबोल्ड जातका घाँस पनि अनुसन्धानबाट पत्ता लागेका छन् ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट ल्याएको प्याउली क्लोभर पनि घर पालुवा पशुका लागि घाँस हुने तथ्य यसबीचमा पत्ता लागेको छ । बेलायतबाट ल्याएर सिंहदरबारमा रोपिएको यो घाँस माहुरी पालनका लागि उपयुक्त मानिन्छ ।
भेज घाँसको कुटिल कोसा–१, नेपेयरमा हाती घाँस–१ बहु वर्षीय घाँसका रुपमा लगाउन सकिने वरिष्ठ वैज्ञानिक केसीले जानकारी दिए। यसैगरी खुमल बन्सो, पाल्पा स्टाइलो, रसुवा कर्कस फुट र धुञ्चे राई घाँस पनि पत्ता लगाएर किसान माझ पु¥याइएको जनाइएको छ । जनशक्ति अभाव भएकै कारण कृषि वनमा आधारित डाले घाँसको अनुसन्धानमा उपलब्धि हासिल हुन सकेको छैन ।
यसैगरी उच्च चरन खर्कको अनुसन्धानमा पनि आशातीत काम हुन नसकेको कार्यक्रमले जनाएको छ । उच्च चरन क्षेत्रमा सधैँ जान नसकिने र जान सकिने बेलामा बजेट एवं जनशक्तिको अभाव हुने गरेको छ । मौसम अनुकुल हुने बेलामा बजेट र जनशक्ति प्राप्त भएमा यस विषयमा थप काम गर्न सकिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार