मासिक २५ हजार रुपैयाँ राहतकाे माग गर्दै सैलुन व्यवसायीको प्रदर्शन
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार २३:२०:५
काठमाडौं । लकडाउनले गर्दा पसल खोल्न नसकेको भन्दै सैलुन व्यवसायीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल नाई ट्रेड युनियनको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा सैलुन व्यवसायीले सैलुन खोल्न पाउनुपर्ने माग गरे ।
उनीहरुले कपाल काट्ने काइँयो, कैची र एप्रोन लगाएर प्रदर्शन गरेका हुन । देशभरिका सबै सैलुन र पार्लर खोल्न, लकडाउन अवधिभर नाई श्रमिक हजामको पसल भाडा र कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्न, नाई श्रमिकलाई निशुल्क पीपीई सेट वितरण गर्न उनीले माग गरेका छन ।
कपाल काट्ने श्रमिकलाई लकडाउन अवधिभर मासिक २५ हजार दिन, लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्न र कम्तीमा ५० लाखको जीवन बिमा गर्न पनि उनीहरुको माग छ ।
अहिले लकडाउनका बेला केही सैलुन खुलेका छन । उनीहरुले कपाल काटेबाँपत दोब्बर शुल्क पनि लिने गरेका छन । तर सुरक्षित नभएको भन्दे ग्राहकको संख्या घट्दो छ । उनीहरुले यसैकारण विरोध प्रदर्शन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार