रानीघाटमा प्रहरी चौकी निर्माण, स्थानियवासी खुशी
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १३:५८:३१
सुर्खेत । बराहताल गाउँपालिका–२ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो ।
विसं २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पतिका रूपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गरे ।
“प्रहरी जनशक्ति अपुग छ । त्यसका लागि हामी छिट्टै व्यवस्थापन गर्छौ,” उनले भने । नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार गर्न र नागरिकहरुको शान्ति सुरक्षामा कटिबद्ध हुन प्रहरी नायब महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए। जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रहरी चौकी निर्माण हुनुले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने बताए ।
बराहाताल– २का वडाध्यक्ष यौवराज कार्कीले समाजमा बढ्दै गएको आपराधिक गतिविधिका लागि कानून आवश्यक हुने बताउँदै अनुशासित नागरिकहरुको सुरक्षा र गलत आचरण भएकाहरुलाई नियन्त्रण राख्ने सरकारको सुरक्षा सेवा एकाई ‘प्रहरी चौकी’ गाउँमा निर्माण हुनुले खुशी तुल्याएको विचार व्यक्त गरे । युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसका इञ्जिनीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार