बर्षामा पनि सलह नेपाल आउँदै, धान र मकैमा क्षति गर्ने सम्भावना
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १४:०:३७
काठमाडौं । भारतको उत्तर प्रदेश र विहारमा रहेको सलह कीराको झुण्ड नेपाल आउने सम्भावना बढेको छ । यसअघि प्रतिकुल मौसमका कारण नेपाल आउन नसक्ने भनिएको सलह फेरि नेपाल आउने सम्भावना बढेको विज्ञहरुले बताएका छन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट नेपाल आउन सक्ने सम्भावना बढेको बताएको हो । केन्द्रका प्रमुख सहदेव हुमागाईंले सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो संख्यामा रहेको र त्यसको केही झुण्ड नेपाल आउन सक्ने सम्भावना बढेको बताएका हुन ।
हावाको गतिसँगै सलह फेरि नेपाल आउने सम्भावना बढेको उनले दाबी गरे । सलहको झुण्ड तराईका सर्लाही, धनुषा लगायतका जिल्लाबाट भित्रिने पनि उनको भनाई छ । यसअघि नेपाल आएको झुण्ड भने मध्य पहाडका केही जिल्लामा सक्रिय छ ।
तर प्रतिकुल मौसमका कारण सलहले नेपालमा ठूलो क्षति पार्न नसकेको विज्ञहरुको दाबी छ । केही ठाउँमा सक्रिय रहेको झुण्ड पनि हावा र बर्षाका कारण तितरवितर भएको हुमागाईले दाबी गरे । भारतमा अनुकुल मौसमका कारण झुण्डमै रहेको सलहले नेपालमा सोचेजस्तो ठूलो नोक्सानी नपार्ने उनको भनाई छ ।
यसअघि आएको सलहले प्युठान, बाँके, दाङ लगायतका जिल्लामा किसानको बालीमा क्षति पु¥याएको थियो । नेपाल कृषि अनुसन्धान परिषद नार्कका कीट वैज्ञानिक सुदीपकुमार उपाध्यायले मौसम अनुकुल नभएकाले नेपालमा सलहले ठूलो क्षति पार्न नसकेको बताएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार