महाराजगंजमा प्रहरी जवान आधारभूत तालिम समापन
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २१:३१:२२
काठमाडौं । महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालित ३-२ समूहको प्रहरी जवान आधारभूत तालिम बुधबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै सर्बोत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
प्रहरी वरिष्ठ उपरीक्षक यादवले विधिको शासन, मानव अधिकारको संरक्षण र आधारभूत मूल्य मान्यताको सम्मान गर्दै शान्ति तथा अमनचयन कायम गर्न स्वच्छ एवं जनमुखी प्रहरी सेवा प्रदान गर्ने कार्यमा अग्रसर हुन प्रशिक्षार्थीहरुलाई निर्देशन दिए।
प्रचलित ऐन कानूनको परिधिभित्र रहेर जनईच्छा अनुरुप प्रहरी सेवा प्रदान गर्न सकेमा मात्र प्रहरीको छवि उच्च एवं मर्यादित रहने विश्वास उनले व्यक्त गरे । तालिम अवधिमा प्राप्त गरेको पेशागत ज्ञान, सीप, दक्षता र कलाकौशललाई अनुशासित, सभ्य एवं मर्यादित ढंगले प्रयोग गर्दै उच्च मनोवलका साथ कार्यक्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा महानगरीय प्रहरी शिक्षालय महाराजगंजका समादेशक प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले प्रशिक्षार्थीहरुलाई शब्दोच्चारणबाट शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै २०७६ साउन २० गतेदेखि संचालित उक्त तालिममा कुल ६९ जना प्रशिक्षार्थीहरु दिक्षित भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार